+
+

महभिरमा पर्यटकीय पूर्वाधार निर्माण सुरू

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २३ गते १३:३३

rock-climbing
२३ माघ, इलाम । इलाम नगरपालिका–७ महभिरमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रक क्लाइम्बिङसहित रक गार्डन र बाल उद्यान निर्माण सुरू गरिएको छ ।

महभिरस्थित प्रगति युवा समाजले रक क्लाइम्बिङका लागि सम्भाव्यता अध्ययन सम्पन्न गरेर निर्माण सुरू गरेको हो ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिबाट रु १० लाख विनियोजन गरी रक क्लाइम्बिङ, रक गार्डन र बाल उद्यानको काम सुरू गरिएको समाजका अध्यक्ष उमेश महतले बताए।

यसका लागि इलाम सदरमुकामस्थित कालीध्वज गणका गणपति प्रकाश लामिछानेले पनि पर्यटकीय पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने जानकारी दिए ।

मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिमार्फत सम्भाव्यता अध्ययन गरी पर्यटकीयस्थलको रूपमा छनोट सम्पन्न गरेर प्रगति युवा समाजलाई जिम्मा दिइएको समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले बताए।

जिल्लामा यस्ता धेरै स्थान भए पनि महभिर जतिको उपयुक्त स्थान कही फेला नपारिएको समाजले जनाएको छ । महभिर सदरमुकामबाट करिब एक घन्टाको पैदल दूरीमा पर्दछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?