Comments Add Comment

सुरक्षासम्बन्धी सम्झौता गर्न भारतको प्रस्ताव

Narendra-Modi१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा सुरक्षासम्बन्धी तीन सम्झौता गर्न भारतले प्रस्ताव गरेको  छ ।

अदालतबाट दोषी ठहर भएर जेलमा रहेका एक अर्का देशका नागरिकको साटफेर गर्ने ट्रान्सफर अफ सेन्टेन्स्ड पर्सन सम्झौता, सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता सम्झौता गर्ने प्रस्ताव गरेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

भारतमा अपराध गरेर अर्को देशमा लुकेका अपराधीलाई पक्राउ गरेर बुझाउन पारस्परिक कानुनी सहायता सम्झौता गर्ने प्रस्ताव पनि भारतको छ । भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका समयमा यससम्बन्धी सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment