+
+

आमेषको बिहे प्रस्ताव अस्विकार गरिन् नीताले

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन २ गते १३:१५

aamesh and nita
करिब ४ बर्षदेखि प्रेम सम्बन्धमा रहेका नव-नायक आमेष भण्डारी र नायिका नीता ढुंगानाविच तत्काल बिहे नहुने भएको छ । फागुन २१ गते चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ चलेपछि बिहे गर्ने सोच बनाएर आमेषले नीतालाई आज बिहान बिहे प्रस्ताव राखेका थिए ।

प्रेम दिवसको अवसर पारेर आमेषले नीतालाई राखेको बिहेको प्रस्तावलाई उनले अस्विकार गरिदिइन् । आमेषले अनलाइनखबरसँग भने-‘२ बर्षपछि बिहे गर्नका लागि उनले आग्रह गरिन् । अब कसरी नाई भन्नु ।’

बिहेपछि पनि दुबैले करिअर अगाडि बढाउने सोच थियो आमेषको । तर, नीता भने बिहे गरेपछि घरपरिवारलाई समय दिनुपर्ने भएकाले पनि भने जस्तो हुँदैन भन्ने सोचमा छिन् । यसैले उनले आमेषलाई २ बर्ष कुर्न आग्रह गरेकी हुन् ।

नीताको वुझाइमा प्रेममा जस्तो मज्जा बिहेमा छैन । प्रेममा परेपछि खुलेरै सम्बन्धलाई सार्वजनिक गरेको यो जोडी तत्काल बिहे गर्ने पक्षमा देखिएको छैन । ‘अझै २ बर्ष कुर्नुपर्ने भो’, आमेषले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?