+
+

‘घर जाने हर्ष’ योजनाको पाचौं विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २७ गते १२:३६

ime-new-year-offer२७ वैशाख, काठमाडौं । आइएमई र जापानस्थित क्योदाई रेमिटेन्सको सहकार्यमा जापानमा रहेका नेपालीहरुका लागि ल्याइएको उपहार योजनाको पाचाैं हप्ताको विजेता घोषणा गरिएको छ ।

योजनाअन्तर्गत जीतबहादुर थापाले जापान-नेपालका लागि एउटा राउण्ड ट्रीप हवाई टिकट अन्तर्गत सबैभन्दा प्राप्त गरे ।

आइएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा नयाँ वर्ष २०७३को अवसरमा आफ्ना सेवाग्राहीका लागि अप्रिल १ देखि लागू हुने गरी ३ महिने योजना ल्याएको हो ।

क्योदाई जापान र आइएमई लिमिटेडले हरेक हप्ता सफ्टवेर पद्वातिमा आधारित गोलाप्रथाबाट उक्त नतिजा सार्वजनिक गर्दै आएको छ ।

जापानबाट नेपाल आइएमई गर्ने सबै सेवाग्राहीले साप्ताहिक लक्की ड्रमा सहभागी भएर हरेक हप्ता राउण्ड ट्रिप टिकेट जित्न सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?