+

मेस्सीको समर्थन एथ्लेटिको मड्रिडलाई !

२०७३ वैशाख  २८ गते ७:३८ २०७३ वैशाख २८ गते ७:३८
मेस्सीको समर्थन एथ्लेटिको मड्रिडलाई !

Messi२८ वैशाख, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सीले च्याम्पियन्स लिगको फाइनलमा एथ्लेटिको मड्रिडको समर्थन गरेका छन् ।

सुरुमा उपाधिको प्रमुख दावेदार मानिएको बार्सिलोना यो सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरियो । यसमा उनले निराशा व्यक्त गरे ।

अब फाइनलमा चिरप्रतिद्वन्द्वी एथ्लेटिको मड्रिड र रियल मड्रिड भिड्दैछन् । मेस्सी एथ्लेटिको मड्रिडको समर्थनमा देखिएका छन् ।

एथ्लेटिको मड्रिडले क्वार्टरफाइनलमा बार्सिलोनालाई नै हराएको थियो । इएसपीएन एफसीसँगको कुराकानीमा मेस्सीले भनेका छन्, यदि एथ्लेटिको मडि्रडले उपाधि जितेमा बार्सिलोनाका मानिसहरु खुसी हुनेछन् ।’  उनले अघि भने, बार्सिलोनाका समर्थकहरु रियल मड्रिडले केही पनि नजितेको हेर्न चाहन्छन् ।’

बार्सिलोनाका स्टार मेस्सीले अब आफूहरुको प्रयास लिग र कोपा डेल रे जित्नु भएको बताए । उनले भने, हामीसँग दुई फाइनल बाँकी छ । दुबै उपाधि जितेर सिजनको अन्त्य गर्न सुखद हुनेछ ।’

तर, लिग उपाधि जित्न सजिलो छैन । बार्सिलोनाले अन्तिम खेलमा ग्रनाडासँग खेल्नु पर्नेछ । यो खेल जितेमा बार्सिलोना च्याम्पियन बन्नेछ । तर, ग्रनाडाले पछिल्लो खेलमा सेभिल्लालाई ४-१ ले हराएको छ ।

च्याम्पियन्स लिग मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय