१ जेठ, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम नजिकै रहेको सांगा छ्योखोर्लिङ गुम्बामा शनिवार दिउँसै चोरी भएको छ । पाँच वर्षदेखि नखोलिएको दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।
दान पेटिका गुम्बादेखि केहि पर लगेर फोडेको अबस्थामा फेला परेको तर रकम फेला नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।
दिउँसो गुम्बामा कोहि नभएको समयमा चोरी भएको गुम्बा लामा कुलमान गुरुङले बताए । गुम्बामा विहान र साँझ मात्र पूजा हुने भएकाले दिउँसोको समयमा गुम्बामा ताला लगाउने गरिएको थियो ।
साँझको पूजा गर्न आएको समयमा गुम्बाबाट चोरी भएको थाहा पाएपछि लामाले प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा जानकारी पाउनासाथ सो क्षेत्रमा प्रहरी परीचालन गरी अनुसन्धान भइरहेको प्रमुख केसीले बताए । दान पेटिकामा करीब दुई लाख रकम भएको लामाको अनुमान छ ।
प्रतिक्रिया 4