सेन्सर लफडामा पर्छ भनेर चर्चा गरिएको चलचित्र ‘छेस्को’लाई चलचित्र सेन्सर बोर्डले पास गरेको छ । चलचित्रलाई सेन्सरले ‘ए’ अर्थात एडल्ट सर्टिफिकेट दिएको छ । यो चलचित्र हेर्न अब १६ बर्ष तलका दर्शकले पाउने छैनन् ।
जेठ २१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा अर्चना पनेरु भएका कारण पनि केही हट दृश्यहरु राखिएको थियो । गतबर्षको भदौमा नै रिलिज हुने भनिएपनि यो चलचित्रमा अर्चनाका केही दृश्य थप्दै जेठ रिलिज तय गरिएको हो ।
चलचित्रमा राजन कार्की र करण श्रेष्ठ मुख्य भूमिकामा छन् । अर्चनालाई राख्दै चलचित्रमा विभिन्न उत्तेजक दृश्य थपिएको छ । सेन्सरले अर्चनाका दृश्यमा केही सेन्सर गर्यो या गरेन त्यो बारेमा निर्माणपक्षले केही बताउन चाहेको छैन ।
तर, अब अर्चनालाई राख्ने वित्तिकै विवादमा तानिएको चलचित्र हलमा भने लाग्ने पक्का भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4