+
+

पाँच हजार पशुको बिमा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १४ गते १५:०१

१४ जेठ, पर्वत । पशुपालन व्यवसायमा जोखिम बढ्दै गएपछि पछिल्लो समय पशु बिमाप्रति कृषकको आकर्षण बढ्दै गएको छ । सरकारले ७५ र विमितको २५ प्रतिशत बिमाङ्क रकममा पशुपक्षीको बिमा गर्न सकिने भएपछि कृषकको आकर्षण बढेको हो ।

चालु आर्थिक वर्षमा अहिलेसम्म पाँच हजार पशुको बिमा गरिएको छ । व्यावसायिक रुपमा पशुपालन गरेका कृषकले बिमा गर्न थालेका जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु अधिकृत विष्णुबहादुर पाण्डेले जानकारी दिए ।

जिल्लामा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कम्पनीले पशु बिमा गराउँदै आएका छन् । बिमा गर्नेमा अधिकांश व्यावसायिक गाईपालन र भैँसीपालन गर्ने कृषक रहेका छन् । बाख्रा, कुखुरा र बङ्गुरपालन गर्दै आएका कृषकले समेत बिमा गराएका छन् ।

कृषकलाई व्यवसायमुखी वनाई मुलुकलाई पशुपालनबाट आत्मनिर्भर वनाउने उद्देश्यले सुरु गरेको पशु बिमा अभियान पछिल्लो समय प्रभावकारी बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?