+
+

कविताः सम्बन्ध

राकेश कार्की राकेश कार्की
२०७३ जेठ २१ गते १०:४१

सम्बन्ध नभएको भन्दा भएकै राम्रो

जुट्दा खेरि फक्रिदिन्छ

रङ्गीचङ्गी फूलहरू

RakeshKarki aaतर कहिले काहीँ

फुट्दा खेरि झरिदिन्छ

ओइलिएका फूलहरू

हेर यो संसारका सन्तानहरू

जुटाउने पनि छन् फुटाउने पनि छन्

 

नजुटिकन सम्बन्धै हुँदैन

जसरी एक हातले ताली बज्दैन

एक्लै हुँदा कसरी भौतारिन्छन्

एकोहोरिएका मानिसहरु

नबिग्रीकन थाहा हुदैन सम्बन्ध

नटुटिकन थाहा हुँदैन

कसको कहाँ कति

कोमल दिलको दु:खाइ

 

सम्बन्धमा सम र बन्ध हुनुपर्छ

मिलेको गाँसिएको

कुनै वकालत नै गर्न नपर्ने

विल्कुलै अहम रहित

तर असमान र खुल्ला भएमा

अहँ मिल्दैन बाँधिदैन

क्रोधले भटकाइरहन्छ बुद्धि

विगारिदिन सक्छ छुटाइदिन सक्छ

 

सम्बन्ध बाँधिन्जेललाई मात्र हो

फुक्न नदिने हो साँचो भावना

कसैको सम्बन्ध मीठो

हाँसो, सुख र खुशी भरिएको

परन्तु कसैको तीतो-अमिलो

आँसु, दु:ख र विरह छरिएको

रफु भर्दा पनि दुरूस्त नदेखिने

कतै टालिएको कतै उध्रिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?