+
+

ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्ष पछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १ गते १९:०४

१ असार, काठमाडौं । २२ वर्ष अघि भएको सवारी दुर्घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

Ganesh-and-Sujan
गणेशबहादुर तण्डुकार र सुजन खत्री (बायाँबाट क्रमश:)

०५१ साल साउन २३ गते काठमाडौंको चाबहिलमा हिंडिरहेका राम कुमार जीवनलाई टेम्पुले टक्कर दिंदा ज्यान गएको थियो । घटना पछि फरार ट्याम्पु चालक गणेशबहादुर तण्डुकारलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको हो ।

पैदल यात्रु राम कुमारलाई ठक्कर दिएर फरार भएका तण्डुकारलाई जिल्ला अदालत काठमाडौंले ०५१ साल फागुन १० गते दोषि ठहर गरेको थियो । २ वर्ष कैद सजायँ तोकिए पनि फरार भएका तुण्डुकार २२ वर्ष पछि जेल पुगेका छन् । उनलाई सजायँ भुक्तानको लागि डिल्लीबजार कारागार पठाइएको सिआइबीले जनाएको छ ।

यसैगरी चोरी मुद्दाका अर्का फरार अभियुक्तलाई पनि सिआइबीले पक्राउ गरेको छ । ०७० साल असोज ७ गते विवेक श्रेष्ठलाई चक्कु देखाएर १४ हजार रुपैयाँ चोरेको आरोपमा १ वर्ष ७ महिना जेल सजायँ सुनाइएका सुजन खत्रीलाई सिआइबीले पक्राउ गरेको हो ।

खत्रीलाई जिल्ला अदालत काठमाण्डौंले ०७० साल फागुन २३ गते दोषी ठहर गर्दै सजायँ सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?