+
+

भारतमा नेपालीले भोग्नुपरेका समस्या समाधानको पहल गर्न कांग्रेसको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ९ गते ११:०७

JanaSamparka-Samiti-Bharat

९ असार, भोपाल । भारतमा बसोबास गर्ने नेपालीहरुले भारतमा भोग्नु परेका समस्या समाधानको पहल गरिदिन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति भारतले आयोजना गरेको सभा एवम् साँस्कृतिक कार्यक्रममा सहभागी कांग्रेसका नेताहरुलाई नेपालीहरुले यस्तो आग्रह गरेका हुन् ।

गान्धी भवन भोपालमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन कांग्रेस महामन्त्री डा. शशांक कोइराला, नेताहरु डा. प्रकाशशरण महत, दीपक गिरी लगायत भारत आएका थिए । कार्यक्रमको उदघाटन कांग्रेसका महामन्त्री डा. कोइरालाले गरेका थिए ।

कार्यक्रममा समितिका अध्यक्ष बालकृष्ण पाण्डेले पैसा नेपाल पठाउँदाको समस्या, पेनसन, विद्यार्थीहरुलाई डलरमा शुल्क बुझाउनु पर्ने नियम, स्वास्थ्य उपचारको क्रममा तेस्रो मुलकका नागरिकहरुलाई जस्तै शुल्क लगाइने लगायतका समस्या रहेको जानकारी गराउँदै ति समस्या समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।

सो अवसरमा कांग्रेस महामन्त्री डा. कोइरालाले नेपाली जनसम्पर्क समिति भारतले राणा भगाउ अभियानदेखि लिएर २०६२-६३ को जनआन्दोलनसम्म पुर्‍याएको योगदानको प्रशंसा गर्दै अहिले भोग्नु परेका सबै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

कांग्रेसका अर्का नेता डा. महतले पनि पार्टीमा नेपाली जनसम्पर्क समिति भारतको योगदान महत्वपूर्ण रहेको भन्दै भारतमा नेपालीहरुले भोग्नु परेका समस्याबारे सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने बताए ।

कार्यक्रममा विष्णुप्रसाद शर्मा न्यौपाने, दण्डपानी बस्याल, धनराज लुईंटेल लगायत नेपाली जनसम्पर्क समिति भारतमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई समितिका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले टिका लगाइदिए भने कांग्रेस महामन्त्री डा. कोइरालाले माला तथा खादा लगाइदिएर स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?