+
+

मोरङका तीनवटा वन समुदायलाई हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १५ गते १५:२०

१५ असार, बिराटनगर । मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी सामुदायीक वन क्षेत्रमा बुधवार एकदिने वन महोत्सव आयोजना गरिएको छ । कार्यक्रममा वनमन्त्री अग्नि सापकोटाले तीनवटा बन समुदायलाई हस्तान्तरण गरे ।

वन तथा भूसंरक्षण मन्त्रालयको आयोजना र लक्ष्मी सामुदायीक वन उपभोक्ता समितिको सहआयोजकत्वमा लक्ष्मी सामुदायीक वन क्षेत्रमा महोत्सव आयोजना गरिएको हो ।

वन तथा भुसंरक्षण मन्त्री अग्नी सापकोटाले बिरुवा रोपेर महोत्सव उदघाटन गरे । महोत्सवमा बैज्ञानिक वन व्यवस्थापन अन्तर्गत वन क्षेत्रको २० हेक्टर जमिनमा करिव ४० हजार बिरुवा रोपिने वन योजना रहे पनि बुधवार भने पाँच हजार बिरुवा रोपिएको हस्तान्तरण तथा व्यवस्थापन समितिको संयोजक राजन पोख्रेलले बताए ।

कार्यक्रममा मन्त्री सापकोटाले वृक्षारोपण गर्नाले वातावरणलाई सन्तुलित राख्न मात्र नभएर, राष्ट्रिय आयमा टेवा पुर्‍याउने बताए ।

उक्त कार्यक्रममा लक्ष्मी सामुदायीक वन लक्ष्मीमार्ग, भुल्के पशुपति सामुदायीक वन पथरी सनिश्चरे र आमजुँगी सामुदायिक वन केराबारी मन्त्री सापकोटाले समुदायलाई हस्तान्तरण गरेका छन् ।

“स्थानीय उपभोक्ताहरुले दिन रात नभनी संरक्षण गरेको वनको लाभ पनि स्थानीयहरुले नै लिनुपर्छ र त्यसको लागि मन्त्रालयमा बहस भईरहेको मन्त्री सापकोटाले जानकारी दिए ।

कार्यक्रममा पूर्वाञ्चलका उत्कृष्ट बिभिन्न निजी तथा सामुदायीक वन उपभोक्ता समितिहरुलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?