Comments Add Comment

संविधान संशोधन नगरी निर्वाचन असम्भवः डा. भट्टराई

'मधेसी मोर्चाले भनेजस्तो संविधान पुनर्लेखन हुँदैन'

२४ असार, विराटनगर । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधान संशोधन र मधेसको समस्या समाधान नगरी स्थानीय, प्रदेश र संसदीय निर्वाचन गर्न नसकिने बताएका छन् ।

Dr.-Baburam-Bhattaraiमधेसी मोर्चाले माग गर्दै आएको संविधान पुनर्लेखनको सम्भावना नरहेको तर, केही बुँदामा संशोधन भने गर्न सकिने उनले बताए ।

‘संविधान सभाबाट नयाँ संविधान जारी भइसकेको अवस्थामा अब संविधानको पुनर्लेखन गर्ने कार्य हुन सक्दैन,’ शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मधेसको समस्याको हल तत्काल खोजिनु पर्छ त्यसका लागि अहिलेको संविधानलाई टेकेर केही बुँदामा संशोधन आवश्यक छ ।’

संविधान संसोधान गरेर भएपनि मधेसको समस्या समाधान गर्न आवश्यक छ भन्दै संयोजक भट्टराईले त्यसपछि डेढ वर्षको अवधिमा जुनसुकै मितिमा तीनवटै निर्वाचन एकसाथ गर्न सकिने बताए । त्यसो गर्दा खर्च पनि कम हुने उनको तर्क छ ।

संयोजक भट्टराई, नेतृ हिसिला यमी, कलाकार अशोक शर्मा लगायतको टोली शुक्रबार सुनसरी र धनकुटाको संगमस्थल भेंडेटारमा हुने एक नम्वर प्रदेशको प्रशिक्षण भेलाका लागि पूर्व आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment