+
+
Shares

सुदूरपश्चिममा थपिए १०५७ संक्रमित, २१ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २ गते १९:२९
फाइल तस्वीर

२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १०५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट २ हजार १ सय ९६ जनाको नमुना परीक्षण गर्दा प्रदेशभर झण्डै आधामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३० हजार चार सय २० पुगेको छ ।

थप २१ संक्रमितको मृत्यु

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा थप २१ जना संक्रमितको मृत्यु भएको छ ।

सबैभन्दा धेरै कैलालीका ९ जना, कञ्चनपुरका ५ जना, डडेल्धुरा र बझाङ २/२ जना, बैतडी, अछाम र दार्चुलाका १/१ जनाको मृत्यु भएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?