
२१ वैशाख, काठमाडौं । दलित विकास विधेयक ल्याउन माग गरिएको छ ।
आइतबार राष्ट्रिय सभामा ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै सांसदहरूले यस्तो माग गरेका हुन् ।
सभामा प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले दलित विकास विधेयक ल्याउन माग गरिन् ।
‘दलित विकास विधेयक अगाडि बढाउन सरकारलाई भनेका छौं’ प्रतिवेदनको विषयहरू सुनाउँदै उनले भनिन् ।
नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो विषय समावेश गर्न आग्रह गरे ।
सरकारले कैयन विधेयक अगाडि बढाउने प्रतिवछता जनाइरहेको उल्लेख गर्दै उनले दलित विकास विधेयक ल्याउने विषय नीति तथा कार्यक्रममै समेटिनु आवश्यक रहेको बताएका हुन् ।
प्रतिक्रिया 4