Comments Add Comment

संसद सचिवालयमा दोस्रो चरणको खोप कार्यक्रम स्थगित

२ जेठ, काठमाडौं । संघीय संसद सचिवालयले दोस्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ ।

संसदसंग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो ।

संसद सचिवालयले माग गरेको खोप भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु आएपछि कार्यक्तम नै स्थगित गरेको हो । खोप कार्यक्रम स्थगित हुँदा संसद सचिवालयकै कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार, सुरक्षाकर्मीहरु दोस्रो डोज खोप लगाउनबाट बञ्चित भएका छन् ।

संसद सचिवालयले निजामती अस्पालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकारलगायतका लागि दोस्रो डोज खोप लगाउने कार्यक्रम राखेको थियो । त्यतिबेला पहिलो डोज १४६५ जनाले लगाएका थिए ।

तर कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउने सुनिश्चितता नहुँदा सांसद र कर्मचारीका आफन्त पनि पनि खोप कार्यक्रममा सहभागी भएका संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए ।

‘…पहिलो दिन नै ७ सय भन्दा बढी कर्मचारी र अन्यले खोप लगाउने स्थिति बन्यो । त्यसपछि दोस्रो र तेस्रो दिनलाई खोप पुग्ने स्थिति रहेन’ उनले भने ।

संसद सचिवलायले १४ सय ६५ खोप माग गरेकामा दुई दिनमा १७ सय २९ खोप लगाएका छन् । वैशाख ३१ गते ७ सय ७९ जना र जेठ १ गते ९ सय ५० जनाले खोप लगाएका छन् ।

अझै पनि संसद सचिवालयका मर्यादापालक, सुरक्षाकर्मी र पत्रकारले दोस्रो डोज लगाउन पाएका छैनन् । प्रवक्ता डा. पाण्डेले बाँकी रहेकाहरुलाई छिट्टै नै खोप लगाउने व्यवस्था मिलाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment