Comments Add Comment

कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु, ८,१६७ संक्रमित थपिए

१ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ५ हजार ४५५ सहित हालसम्म ३ लाख ३३ हजार १०८ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् । जसमध्ये होम आइसोलेसनमा १ लाख १ हजार ७७१ जना छन् भने ७ हजार ९६९ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये १ हजार ३३१ जनाको आईसीयू र ३७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा थपिए २,९३७ जना संक्रमित, बाँकेमा ५०५ जना

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ९३७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका २ हजार १४६, ललितपुरका ४४४ र भक्तपुरका ३४७ जना छन् ।

यस्तै बाँकेमा ५०५, रुपन्देहीमा ४९५, कैलालीमा ४४३, मोरङमा ३५४, बर्दियामा २७८, दाङमा २७५, मकवानपुर १९८, सुर्खेतमा १८५ तथा कञ्चनपुरमा १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामा १७३, धनुषामा ११८, पर्सामा १०४, म्याग्दीमा १०३, सुनसरीमा ९९, तनहुँमा ८०, नुवाकोटमा ७९, काभ्रेमा ७० तथा दैलेखमा ७८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी महोत्तरीमा थप ७१, डोटीमा ६२, गोरखामा ५९, सप्तरीमा  र रामेछापमा ५८/५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment