Comments Add Comment

बनेपामा कोभिड अस्पतालको सेवा सुरु

२ जेठ, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ ।

नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको कोभिङ उपचार सेवाको उद्घाटन गरे । नगरपालिकाको स्वीकृतिमा सञ्चालित १५ शय्याको सो अस्पतालसँग सम्झौता गरी कोभिडबाट सङ्क्रमित बिरामीको उपचारको लागि व्यवस्था मिलाएको छ ।

नगरपालिकाले चार शय्याको आईसीयू र छ शय्याको अक्सिजन सुविधासहित गरी दश शय्या नगरपालिकालाई कोभिड बिरामी उपचारको लागि जिम्मा दिनुपर्ने सम्झौता गरेको छ ।

अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले जिल्लामा विरामीको उपचारमा थप सहजता प्रदान गर्नको लागि बनेपामा नै अस्पताल सञ्चालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment