+
+

ग्लोबल आइएमई बैंकको थप २ एटिएम सेवा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते १४:२३

२७ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बनेपा शाखा र दमौली शाखामा एटिएम सेवा थप गरेको छ ।

Global Ime Bankआफ्ना ग्राहकहरुलाई अत्याधुनिक सेवा पुर्‍याउने लक्ष्यसहित बैंकले आफ्ना शाखा कार्यालयहरुमा एटिएम, लकर, इन्टरनेट तथा मोबाइल बैकिङ सुविधा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

बनेपा शाखा र दमौली शाखामा थप गरिएका एटिएम संगै अब बैंकको एटिएम सञ्जाल ९९ पुगेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ४० वटा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?