+
+

गुल्मीमा एक जनाको हत्या

 शिवलाल सुबेदी शिवलाल सुबेदी
२०७३ असार ३१ गते ७:३६

३१ असार, गुल्मी । गुल्मीको बाझकटेरी गएराति एक जनाको हत्या भएको छ ।

hatyaबाझकटेरी १ छहराका ५५ वर्षीय छत्रबहादुर सेन वलीको अज्ञात समूहले हत्या गरेकोो जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

राति १ बजेतिर २ जनाको समूहमा आएका व्यक्तिले आफूलाई समस्या परेको बताउादै ढोका खोल्न लगाइ पैसा मागेकेा पैसा छैन भनेपछि एक्कासी धारिलो हतियार प्रहार गरि हत्या गरेकेा जिल्ला प्रहरी प्रमुख एसपी भोला रावले जानकरी दिए ।

हत्या गर्ने अज्ञात समुहको खोजी भैरहेको प्रहरीले जनाएको छ । छोरी र श्रीमतीसागै रहेका सेन वलीको हत्या पछि २ थान मोवाईल र कानमा लगाएका सुनका गहना समेत लुटेर लगेकेा बताइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यलय पुर्कोटदहको प्रहरी टोली पुगेर घटनाको बारेमा अनुसन्धान सुरु गरेकेा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?