७ साउन, काठमाडौं । चीनमा अविरल वर्षाले भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति निकालेर प्राकृतिक विपत्तीले आफू मर्माहत र दुःखी भएको बताएका हुन् ।
देउवाले भनेका छन्, ‘छिमेकी मित्र राष्ट्र चीनमा केही दिनदेखि परेको अविरल वर्षाका कारण सयौं व्यक्तिको मृत्यु भएको कयौं व्यक्ति वेपत्ता हुनाको साथै भिषण बाढी र पहिरोबाट ठूलो मात्रामा धन सम्पत्ति र विकास निर्माणका संरचनाहरु क्षति भएको घटनाले मलाई दुःखीत र मर्माहत बनाएको छ ।’
प्राकृतिक विपत्तीमा प्रभावितहरुको उद्धार र राहत वितरणमा चिनियाँ सरकारले गरेको प्रयासको सह्राना गर्दै देउवाले व्यक्तिगत र पार्टीको तर्फबाट चिनियाँ सरकार र जनताप्रति सहानुभूति प्रकट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4