Comments Add Comment

वन्यजन्तु संरक्षणका लागि ‘एक मिनेट’ अभियान

Chitwan-National-Park

९ साउन, चितवन । वन वन्यजन्तु र जौविक विविधता संरक्षणका लागि नेपालमा नै पहिलो पटक टिकौली जंगलमा ‘संरक्षणका लागि एक मिनेट’ अभियान सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली वरण्डाभार जौविक मार्ग संरक्षणका लागि भन्दै संरक्षण र सरसफाईका लागि ‘संरक्षणका लागि एक मिनेट’ अभियान सुरु गरिएको हो ।

जिल्ला वन क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु संरक्षण र फोहोर व्यवस्थापनका लागि संरक्षणका लागि एक मिनेट अभियान सुरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंलले जानकारी दिए ।

यसैबीच अभियानको एक समारोहका विच निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेंल, श्रीजंग गण कसराका गणपति माधव थापा र जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले संयुक्त रुपमा टिकौली जंगल क्षेत्रको भरतपुरको गोन्द्राङ्मा सवारीसाधन रोकी संरक्षण सम्वन्धी जानकारी दिँदै अभियानको संयुक्त रुपमा सुरु गरेका थिए ।

सो अवसरमा बाल्दै निकुञ्जका प्रमुख कडेंलले टिकौली जंगल क्षेत्रमा सवारी साधन पार्किङ नगर्न, सवारीको गति सिमित गर्न, फोहोर नफाल्न र जंगली जनावरको आवागमनलाई वाधा पुग्ने गरी कुनै काम नगर्न सवारी चालकहरुलाई आग्रह गरेको बताए ।

‘वरण्डाभार जौविक मार्ग पूर्व पश्चिम राजमार्गमा पर्ने भएकाले यहाा धेरै फोहर फालिएको पाइयो उनले भने, ‘अत्याधिक सवारी चापका कारण धेरै वन्यजन्तु घाइतेसमेत हुने घटना बढेपछि हामीले सबैसँग सहकार्य गरेर यो अभियान सुरु गरेका हौं ।’

Chitwan-National-Park

अभियान अन्तर्गत टिकौली जंगल भएर जाने सवारीसाधन, चालक र यात्रुहरुलाई एक मिनेट रोकेर जथाभावीमा रुपमा राजमार्गमा फोहर नगर्न आग्रह गरिएको र जैविक विविधता संरक्षणका लागि अग्रसर गराउने जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले बताए । चार किलोमिटर लामो दुरी पर्ने टिकौली जंगलले चुरे र महाभारत पर्वतलाई जोड्छ ।

यस्तै सोही कार्यक्रममा सहभागी हुँदै श्रीजंग गण कसराका गणपति माधव थापाले जैविक विविधता संरक्षणको दृष्टिकोणबाट विश्व सम्पदा सूचीमा सूचीकृत निकुञ्जको वरणभार अन्तर्गत टिकौली जंगलमा जथाभावी रुपमा फोहरमैला फाल्ने क्रम बढेर वन्यजुन्तुमा प्रतिकुल असर देखिएपछि संरक्षण र सरसफाईमा सबैलाई जनचेतना फैलाउन संरक्षणका लागि एक मिनेट अभियान उपयोगी हुने बताए ।

साथै यो अभियानलाई अटेर गर्ने जोकोहीलाई मुद्दा दायरा गरी कार्वाही गर्ने निकुञ्जले जनाएको छ ।

१० क्यामराद्वारा निगरानी तीव्र

पूर्व पश्चिम राजमार्गको भरतपुरको गोन्द्राङ्देखि रत्ननगरको टिकौलीसम्मको वन क्षेत्रमा १० वटा अत्याधुनिक सिसि क्यामेरा जडान गरी निगरानी थालिएको छ ।

वन क्षेत्रमा सवारी साधन रोकेर सौच गर्ने, फोहोर फाल्ने, अपराधिक गतिविधि गर्ने जस्ता कार्य वढेपछि त्यसको निगरानीका लागि सिसि क्यामेरा जडान गरेको भन्दै हरेक गतिविधिको निगरानी भइरहेको र त्यस्तो पाइएमा सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरिने कडेंलले बताए ।

एक सातासम्म नियमित रुपमा सवारी रोकेर चालक र यात्रुलाई यस सम्वन्धमा जानकारी गराइने भएको छ । सोही क्रममा वन क्षेत्रमा ६ वटा संरक्षण सम्वन्धि साइनवोड राखिँदै गएको छ ।

नेपालको पूर्व र पश्चिम जाने सवारी साधन यही राजमार्ग हुँदै आवतजावत गर्ने गर्दछन् । यसअघि सो क्षेत्रमा निगरानी नहुँदा वन्यजन्तुहरु घाइते हुँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment