+
+
Shares

यसरी दशकको उत्कृष्ट गायक भए तिलक बम

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ११ गते ११:००

Tilak bomकाठमाडौं । जीबन्त गीत गाउने सामथ्र्य राख्छन् गायक तिलक बम मल्ल । गायनसंगै समाज सेवामा पनि सक्रिय छन् । उनको मान्यता । ‘कोही मान्छेले गीत गाउदैमा वा अभिनय गर्दैमा समाजप्रति उसको जिम्मेवारी पूरा हुँदैन’ अनलाइनखबरसँग कुरा गर्दै भने ‘राष्ट्रमा संकट आइपरेको वेला खुलेर लाग्न पर्छ’

१५ महिना अघि मुलुकमा भूकम्प जाँदा भूकम्प पीडितलाई राहत र उद्दार गर्न हिँडेका यी गायकले प्रधानमन्त्री राहत कोषमा ४३ लाख रुयैया जम्मा गरिदिएका थिए । ‘भूकम्प पीडितलाई सहयोग गर्नु मेरो कर्तब्य थियो मैले पूरा गरे’ उनले भने ।

केहि दिन अघि काठमाडौमा सम्पन्न पाँचौ म्युजिक खबर अवार्डमा मल्लले दशकको उत्कृष्ट गायको अवार्ड पाए । यो अवार्ड अहिलेसम्मकै महत्वपूर्ण हो जस्तो लाग्छ उनलाई । गीत गाएको कारण मात्रै हैन समाजसेवा पनि गरेकाले अवार्ड पाए जस्तो लाग्छ’ उनले भने ।

उनको अवार्ड पाउँदा उनी जती खुसी भए उनका शुभचिन्तक त्यो भन्दा धेरै खुसी भए । ‘आजसम्म पनि फोन गरेर बधाई दिँदैछन् । फेसबुकमा म्यासेज आउनेक्रम रोकिएको छैन’ मल्लको भनाई थियो ।

सोही समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पनि लाईफटाइम अचिभमेन्ट अवार्ड दिइएको थियो । राष्ट्रकवि घिमिरेसंगै एउटै मञ्चमा सहभागी हुन पाउदा खुसी लागेको बताए ।

‘परिवेश’ सिरिजमा एल्बम निकाल्दै आएका मल्लले ७ एल्बम ल्याईसके । आठौं एल्बमको तयारीमा रहेका मल्ल स्टेज कार्यक्रममा पनि उत्तिकै ब्यस्त छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?