+
+

लण्डनमा रसेल स्क्वायरमा आक्रमण, एक महिलाको मृत्यु

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ साउन २० गते ११:११

london_knife_attack

काठमाडौं । बेलायतको राजधानी लण्डन शहरको मध्य भागमा एक व्यक्तिले मानिसहरुमाथि चक्कको हमला गरेका छन् ।

एक सन्की व्यक्तिको आक्रमणमा १ महिलाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । पुलिसले रसेल स्क्वायरबाट एक पुरुषलाई पक्राउ गरेको छ ।

रसेल स्क्वायरमा एक पुरुषले चक्कु हातमा लिएर मानिसहरुलाई महला गरिरहेको सूचना फोनमार्फत पाएपछि पुलिस तथा एम्वुलेन्स घटनास्थलमा पुगेका थिए ।

बेलायती प्रहरीले भनेको छ कि उसले घटनाको अनुसन्धान गरिरहेको छ र उसले यो चरमपन्थी हमला हुनसक्ने संभावनामाथि पनि बिचार गरिरहेको छ ।

बेलयती स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थल वरपर ठूलो सङख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले घेराबन्दी अझै बढाएको छ ।

यस घटनामा घाइते हुनेहरुको बारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?