+
+

नेपालबाट भारत तस्करी गर्न लागेको छवटा गाईसहित भ्यान नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३१ गते ८:५९

cow३१ साउन, महोत्तरी । महोत्तरी जिल्लाको श्रीपुर गाविस–१ बाट प्रहरीले आइतबार छवटा गाईसहित एउटा पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

ना ४ ख ५७८६ नम्बरको पिकअप भ्यानले छवटा गाई बोकी नेपालबाट भारत तस्करी गर्न लागेको अवस्थामा प्रहरी चौकी कठुधारबाट खटिगएको सीमा गस्ती टोलीले ती गाई र पिकअप नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।

नियन्त्रणमा लिइएको छवटा गाई र पिकअप गएराति आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोडमा लैजाँदै गर्दा त्यसमध्ये दुई वटा गाई बाटैमा मरेको र एउटा गाई भन्सार कार्यालयमा मरेको प्रहरीले जनाएको छ ।

मरेका गाईलाई प्रहरीले राति नै रातो नदी किनारमा खाल्डो खनी गाडेका तथा बाँकी तीन वटा गाई र रु सात लाख मूल्य पर्ने पिकअप भ्यान भन्सार कार्यालयको जिम्मामा रहेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?