+
+

जोखिममै उड्छन् निगमका जहाज

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १ गते ६:०३

NAC Airbus 320१ भदौं, काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज विभिन्न समस्याका बाबजुद जोखिम मोलेरै भए पनि उडिरहेको छ ।

काठमाडौंबाट विभिन्न गन्तव्यमा जाने हवाई यात्रुको चाप बढेपछि जहाज अभावका कारण नियमित उडानमा रहेका विमान आकाशमा उडेका बेला गडबडी देखिए पनि जोखिम मोलेरै उडाउन निगम बाध्य भएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

सोमबार बिहान ८ बजे काठमाडौंबाट दिल्लीका लागि उडेको निगमको एयरबस ९ एन एकेएक्स कलसाइनको विमान आकाशमा उडिरहेका बेला एक्कासी कार्गो सामान राख्ने कम्पार्टमेन्टमा धूवाँ आएको ककपिटमा रहेका चालकले देखेपछि इटालियन चालक ओलिभर ए मेजोलिनी र सहचालक सञ्जय पौडेलले तत्काल विमानभित्रकै अग्नि नियन्त्रण उपकरणको सहायताले आगो निभाए ।

काठमाडौंबाट प्राधिवधिक समस्याका बाबजुद पनि दिल्ली पुगेको सोही विमान लाई निमगले विहान १० बजे दिल्लीबाट तत्काल काठमाडौंका लागि उडान भरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?