+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

फेसबुक संस्थापक भन्छन्, रोबोटले मानव जातिलाई समाप्त पार्दैन

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ३ गते ११:३२

Mark zuckerbergगत जुन महिनामा प्रसिद्ध भौतिकशास्त्री स्टेफेन हकिंग्सले चेतावनी दिएका थिए की आर्टिफिसियल इन्टेलिजेन्स वा कृत्रिम विवेकयुक्त प्रविधि मानिसको कामलाग्दो डिजिटल सहयोगी मानिएपनि यसले भविष्यमा मानव सभ्यतालाई नै नष्ट गरिदिन सक्छ ।

तर हकिंग्सको यो चेतावनी तथा भविष्यवाणीलाई मान्न सबै तयार छैनन् । हकिंग्सको विचारलाई लल्कार्नेमा फेसबुक संस्थापक मार्क जुकरबर्ग पनि अगाडि आएका छन् ।

हालैको एक अन्तरवार्ताका क्रममा जुकरबर्गले आर्टिफिसियल इन्टेलिजेन्स भनेको असल कामका लागि शक्ति भएको र यसले मानवीयतालाई ध्वस्त नपार्ने दाबी गरे ।

एआइलाई मानव प्रजातिको मृत्यु निम्त्याउने प्राविधिक विकाशको रुपमा लिनु नहुने उनले बताए ।
कृत्रिम विवेक प्रविधिले मानव प्रजातिको अन्त्य गर्ने नभई उल्टै विभिन्न रोग तथा समस्याबाट मानिसहरुलाई बचाउने र मानिसहरुलाई अझै अघि बढाउने उनको दाबी छ ।

स्मरण रहोस् यो वर्षको सुरुमै जुकरबर्गले यस वर्षलाई आर्टिफिसियल इन्टेलिजेन्सको आविष्कार तथा विकाशका लागि समर्पित गर्ने घोषणा गरेका थिए ।

ग्त महिना जुकरबर्गले एआइ परियोजना सुरु भैसकेको र यसलाई छिटै सार्वजनिक गरिने बताएका थिए ।

साथै दी भर्जसँगको अन्तरवर्तामा उनले आर्टिफिसियल इन्टेलिजेन्सयुक्त प्रविधिले आफ्नो घरलाई नियन्त्रणमा लिइसकेको र आफ्नो बिहानी खाजा समेत मेसिनले बनाउने खुलासा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?