Comments Add Comment

वृद्धभत्ता र सुन धरौटी राखेर सडक निर्माण

road-1२३ भदौ, काठमाडौं । मणिदत्त बडूले बृद्ध भत्तावापत पाएको आठ हजार रुपैयाँ सडक खन्नका लागि दिए ।

सँगै एकल महिला भत्ता थापेकी तारादेवी बडूले पनि आफूले पाएको आठ हजार रुपैयाँ देहोमान्डु दुर्गास्थान-सलना ग्रामिण सडक निर्माण उपभोक्ता समितिलाई बुझाइन् । दलित भत्ता बुझेका नरुवा कामीले भने दुई हजार थपेर १० हजार रुपैयाँ सुम्पिए ।

एकपछि अर्कौ गर्दै दुर्गास्थान र देहीमान्डु गाविसका विभिन्न वडाका झन्डै बीसजनाले बृद्धभत्ता घरमै नपुर्‍याई सडकका लागि बुझाए ।

असिमकेदार मन्दिरका पुजारी लक्ष्मीदात्त पाण्डेले आफूसँग भएको दुई तोला सुन धरौटी राखेर समितिलाई रकम दिए । भारतीय सेनाको जिम्दारबाट सेवानिबृत्त भएका तारादत्त बडुले पनि पेन्सनिबाट आएको रकममा थपेर ३५ हजार रुपैयाँ दिएको अाजको अन्नपूर्णमा समाचार छ ।

समितिका सचिव कृष्णदत्त बडूका अनुसार वर्षैदेखि गाउँघरसम्म बाटो आउने र गाडी गुडोस् भन्ने सपना देखेका बैतडी दुर्गास्थानका बासिन्दाले एकपछि अर्कौ गर्दै २६ लाख रुपैयाँ संकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment