+
+

चुनाव गर्न नसके पद छाड्नुस्: योगेश भट्टरार्इ

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ८ गते १४:११

८ कात्तिक, दमौली । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनाव गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल पद छाड्नुपर्ने बताएका छन् ।

Yogesh-Bhattraiएमाले व्यास नगर कमिटीद्वारा दसैँतिहार, छठ र नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा नेता भट्टराईले भने, “कि चुनाव गर कि पद छाड ।”

सचिव भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई तत्काल राजीनामा दिन सुझावसमेत दिए ।

कार्कीले ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिँदै साना माछा अर्थात् साना कर्मचारीलाई मात्रै कारबाही गर्ने गरेको उनको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?