+
+

मारुती भ्यानको ठक्करबाट दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १८ गते ९:४८

१८ कात्तिक, मोरङ। मोरङको इटहरामा मारुती भ्यानको ठक्करबाट गएराति मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

Car-and-Motercycle-Accidentउर्लाबारी–बरडङ्गा सडकखण्डमा साँझ इटहरा–४ स्थित इटहराबजारमा विराटनगरतिर जाँदै गरेको को १ च ५५६९ नंको भ्यानले आमबारीबाट उर्लाबारीतिर आउँदै गरेको को ७ प ५७०८ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार चालक इटहरा–२ का १८ वर्षीय किलिन्द विष्ट र पछाडि सवार सोही ठाउँका २६ वर्षीय राजु थापाको मृत्यु भएको हो ।

मोटरसाइकलमा तीनजना सवार थिए । पछाडि सवार इटहरा–२ कै २१ वर्षीय प्रकाश राईको गम्भीर अवस्थामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि विराटनगर लगिएकोमा दुईजनाको भने उपचारका क्रममा गएराति मृत्यु भएको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?