+
+

मधेस आन्दोलनमा ७४ जनाविरुद्ध लागेको मुद्दा फिर्ता

९४ जना विरुद्धको मुद्दा पनि फिर्ता लिने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १ गते १८:१५

१ मंसिर, काठमाडौं । नेपाल सरकारले संविधान निर्माण प्रक्रियामा असहमति राख्दै मधेसमा भएको आन्दोलनका क्रममा ७४ जनाविरुद्ध लागेका मुद्दा फिर्ता लिएको छ ।

Ministry-of-Homeतराईमा भएको आन्दोलनका क्रममा विभिन्न जिल्लामा गरी २ सय ८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमध्ये ७४ जनाविरुद्धको मुद्दा प्रचलित कानूनी व्यवस्था बमोजिम फिर्ता लिएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले थप ९४ जनाविरुद्धको मुद्दा पनि फिर्ता लिने गृहकार्य थालेको गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।

गृह मन्त्रालयले थप २२ वटा मुद्दाहरुमा पूर्ण सफाइ दिएको समेत बताएको छ । पाँचवटा मुद्दामा भने प्रचलित कानूनबमोजिम कागजमात्र गराई छाडिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै थप १३ वटा मुद्दाहरुको फर्छ्यौट भएको पनि मन्त्रालयले जनाएको छ ।

सरकार गठनका क्रममा प्रधानमन्त्री दाहालले मधेसी मोर्चासँग मधेस आन्दोलनमा क्रममा लागेका मुद्दा फिर्ता लिने सहमति गरेका थिए । उक्त सहमति कार्यान्वयन गर्ने सिलसिलामा सरकारले तराई आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?