Comments Add Comment

सीमांकन हेरफेरको विरोधमा बुटवलमा आज पनि प्रदर्शन

butwal-banda२० मंसिर, बुटवल । संविधान संशोधन प्रस्तावमा गरिएको सीमांकन हेरफेरको विरोध गर्दै विगत ६ दिनदेखि बुटवलमा सुरु भएको आन्दोलन र प्रदर्शन आज पनि जारी छ ।

आज पनि बिहानैदेखि बुटवलका चोक–चोकमा जम्मा भएर प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।

संविधान संशोधनमा पाँच नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई तराईसँग अलग गराएर चार नम्बरमा समावेश गरिएको भन्दै आन्दोलन सुरु भएको हो ।

आज बिहान राजमार्ग चौराहाबाट सुरू भएको जुलुस मिलनचोक, बसपार्क, हस्पिटललाई हुँदै पुष्पलाल पार्कपछि  ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीको भनाइ छ ।

butawal-bandaइलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डिएसी मुकुन्द मरासिनीले आन्दोलन शान्तिपूर्ण रहेको जानकारी दिए  आन्दोलनलाई ध्यान दिदै सुरक्षा व्यवस्था भने कडा पारिएको उनले बताए ।

संविधान संशोधनको प्रस्ताव आफूहरु स्वीकार्य भएको भन्दै नेपाली कांग्रेस रुपन्देहीले आइतबार विज्ञप्ति जारी गरेपछि आन्दोलनमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माले, अखण्ड नेपाल पार्टी लगायतका नेता कार्यकताहरु सहभागी छन् ।

प्रकाश अाचार्यको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment