+
+
Shares

काठमाडौंमै ‘सर्जिकल अट्याक’ गरेर यसरी किड्नी लुटियो !

गौशालामा बेहोस बनाएर भारत पुर्‍याइयो, अनि किड्नी निकालियो

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १४ गते १७:०७

१४ पुस, काठमाडौं । गोरखा मुचोकका दीपक नेपाली रोजगारीका लागि पोखरामा बस्दै आएका थिए । मजदुरी काम गर्ने १९ वर्षका उनको भेट कास्कीका भीमप्रसाद न्यौपानेसँग भयो ।

dipak-nepali-kidneyराम्रो जागिर लगाइदिन्छु, मेरो प्लाई उद्योग छ भन्दै गत साउनमा न्यौपानेले नेपालीलाई काठमाडौं ल्याए । उनले विकास भन्ने बिनुबहादुर तिमल्सिनासँग भेट गराइदिए । उनले काम दिलाउँछु भनेर प्लाई कम्पनी घुमाए ।
त्यसपछि दीपकमाथि सर्जिकल ढंगबाट आक्रमण भयो । भारतको अस्पतालमा होस खुल्दा उनको अप्रेसन भइसकेको थियो ।

‘कम्पनी सबै घुमिस्, अब काममा जानुपर्छ भनेर होटलमा खाजा खुवाउन लगे,’ दीपक सम्झन्छन्, ‘रक्सीमा ट्याब्लेट हालेर खुवाएर मलाई इण्डिया पुर्‍याए ।’

बेहोस बनाएर दीपकलाई रातारात भारतको गाजियावाद पुर्‍याइयो र, त्यहीँ उनको मिर्गौला झिकेर बेचियो । उनी होसमा आउँदा आफूलाई अस्पतालको बेडमा पाए । आफ्नो दायाँ कोखामा चोट देखेर उनी छक्कै परे ।

विकासको समूहले उनलाई अँध्यारोमा तँलाई गुण्डाले चक्कु हान्यो र बेहोस बनायो, त्यसैले उपचार गर्न ल्याएको भने ।

झण्डै दुई महिना उपचारपछि उनी ठीक भए । नेपाल आउने बेलामा उनका हातमा २८ हजार राखिदिए । ‘सर किन पैसा दिएको’ भन्दा ‘तँलाई हामीले उपचार गर्दिहाल्यौं’ भन्ने जवाफ दिए ।

भारतबाट नेपाल आएको केही समयमै उनी बिरामी परे । र, चितवन मेडिकल कलेजमा जचाउन गए । त्यसक्रममा चिकित्सकले तिम्रो त एउटा किड्नी नै छैन भनेपछि उनी छाँगाबाट खसेझै भए ।

दीपककै उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले विकाससहित किड्नी तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे महादेवस्थानका विकास सहित दोलखा भीमेश्वरका प्रकाश बस्नेत र कास्कीका भीमप्रसाद न्यौपानेसमेत छन् ।

bikash-prakash-vim-prasad

प्रहरीको अनुसन्धानका क्रममा मृगौला बेचविखनमा विकासहित ५ जनाको समूह सक्रिय रहेको पाइएको छ । दुईजना भने अझै फरार छन् । नारायण नेपाली र अमृत गुरुङ र डल्ली गुरुङ फरार छन् । डल्ली भट्टी चलाउने महिला भएको बताइएको छ ।

प्रहरीका अनुसार काठमाडौंमा बिकास र प्रकाशले ग्राहक खोज्थे । भीम न्यौपानेसँग मिलेर विभिन्न स्थानबाट जागिरको प्रलोभनमा परेर काठमाडौं ल्याउने काम गर्दै आएका थिए ।

यसरी ल्याइएका मानिसहरूलाई कामका लागि भनी स्वास्थ्य परीक्षण गरेर ब्लड ग्रुप पत्ता लगाउने गरेका थिए ।

उनीहरूले अहिसेसम्म ५ जनाभन्दा बढीको किड्नी झिकेको अनुसन्धानबाट खुलेको छ । किड्नी तस्करीमा संलग्नमध्ये भीमले करिव तीन वर्ष पहिले पैसाकै लागि आफ्नै किड्नी बेचेको पाइएको छ । त्यसपछि उनले यसलाई तस्करीको पेशा नै बनाए ।

प्रहरीका अनुसार यो समूहले ५ देखि ७ लाख रुपैयाँसम्ममा किड्नी बेच्ने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?