+
+

सप्तरीमा गहुँको बीउको अभाव

रासस रासस
२०७३ पुष १५ गते १७:०२

wheat-gahu
१५ पुस, सप्तरी। सप्तरी जिल्लामा उन्नत जातका गहुँको बीउको अभाव भएको गुनासो बढेको छ । जिल्लामा कुल ७० हजार हेक्टर जमिनमा गहुँबाली उत्पादन गर्न सकिने भए पनि सरकारले माग अनुसारको उन्नतजातको गहुँको बीउ नदिँदा अहिलेसम्म ३० हजार हेक्टरमा मात्र गहुँबाली लगाउने गरेको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

उन्नत जातको बीउ नपाउँदा स्थानीय कृषकले न्यून गुणस्तरको गहुँको बीउ सीमावर्ती भारतीय बजार क्षेत्रबाट किनेर ल्याउने गरेको पाइएको छ ।

प्रतिहेक्टर एक सय २० किलोको दरले गहुँ छर्न जिल्लामा तीन हजार मेट्रिक टन गहँुको बीउ आवाश्यक रहेपनि सरकारीस्तरबाट अनुदानको उन्नत जातको दुई हजार मेट्रिक टन बीउ मात्र उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

सरकारले ४० प्रतिशत अनुदानमा प्रदान गरेको बीउ प्रतिकिलो ४४ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको आवाश्यकता तर भन्दा कम गहुँको बीउ आपूर्ति हुँदा वितरण गर्न निकै समस्या परेको कृषि विकास कार्यलयका सूचना अधिकृत दिनेश यादवले बताए ।

जिल्लाका लागि इटहरीस्थित राष्ट्रिय बीउबिजन कम्पनी पूर्वाञ्चल क्षेत्रीय कार्यलयबाट प्रशोधित गौतम, आदित्य, विजय, एनएल ९७१, र भुकुटी जातका गुणस्तरीय र उन्नत जातको गहुँको बीउ आयात भएको तर मागअनुसार कम भएको गहुँका डिलरले बताउने गरेका छन् ।

जिल्लामा गहुँको बीउ बिक्रीवितरण गर्ने ३० वटा डिलर सञ्चालनमा छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?