+
+

नेपाल एयरलाइन्स फेरि पनि कम सुरक्षित विमानको सूचीमा !

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २१ गते १७:३२

nac-nepal-airlince

२१ पुस, काठमाडौं । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाज संसारकै कम सुरक्षित विमानको सूचीमा परेका छन् ।

एयरलाइन्सहरुको रेटिङ गर्ने वेबसाइट ‘एयरलाइन्स रेटिङ डट कम’ले विश्वभरका अन्तर्राष्ट्रिय उडान भर्ने ४२५ एयरलाइन्स रेटिङमा समावेश थिए । जसमा जम्मा एक नम्बर पाएर कम सुरक्षित १० विमान मध्ये नेपाल एयरलाइन्स समेत परेको छ ।

अन्तराष्ट्रिय हवाई परिवहन संघ (आईएटीए)ले गर्ने अपरेशनल सेफ्टी अडिट, ईयूको कालो सूचीमा नभएको, १० वर्षसम्म दुघर्टनामा परेर मानिसको मृत्यु भए नभएको, अमेरिकाको संघीय उड्ययन प्राधिकरणले प्रतिवन्ध लगाए नलगाएको, आईकाओ सुरक्षा मापदण्ड पुरा गरे नगरेको आधारमा एयरलाइन्सहरुको रेटिङ गर्ने गरिएको छ ।

सम्वन्धित देशको नागरिक उड्डयनले ग्राउण्डेड गरेको भए वा रुसमा बनेको जाहाज रहेछ भने पनि एक-एक स्टार घटाइनेछ ।

नेपाल एयरलाइन्सले अधिकांश सूचक पास गरेको छैन । मात्र अमेरिकाको संघीय उड्ययन प्राधिकरणले प्रतिवन्ध नलगाएका कारण एक स्टार पाएको छ । युरोपेली युनियनले नेपालका सवै एयरलाइन्सलाई लागातार तीन बर्षदेखि कालो सूचीमा राख्दै आएको छ । र, नेपालले गत वर्ष पनि एक स्टार मात्र पाएको थियो ।

लगातार चौथो पटक अष्ट्रेलियाको ँक्वान्टास एयरलाइन्स’ सबैभन्दा सुरक्षित घोषणा भएको छ । उसले सात स्टार पाएको छ ।

क्वान्टाससहित कुल १४८ एयरलाइन्सले सात स्टार पाएका छन् । तीन वा सो भन्दा कम स्टार पाउने एयरलाइन्सहरुको संख्या ५० छ । एक स्टार पाउने भने १० वटा एयरलाइन्स मात्र छन्, जसमा नेपाल, इण्डोनेसिया, अफगानिस्तान र सुरिनामका एयरलाइन्सहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?