+
+

रोल्पाका ७८ प्रतिशत सहकारी सक्रिय

रासस रासस
२०७३ माघ २१ गते १०:२१


२१ माघ, रोल्पा । रोल्पाका सहकारी संस्थामध्ये ७८ प्रतिशत सक्रिय देखिएका छन् । जिल्लामा कुल दर्ता भएका एकसय ३९ सहकारीमध्ये एकसय सात सहकारी सक्रिय रहेका छन् भने ३२ वटा सहकारी निष्क्रिय रहेको जिल्ला बचत तथा ऋण सहकारी सङ्घ रोल्पाले जनाएको छ ।

जिल्लामा दर्ता भएका सहकारीमध्ये ४३ बचत तथा ऋण, ६ बहुउद्देश्यीय, स्वास्थ्य, सामाजिक उद्यमी, मौरीपालन, जडीबुटी र उपभोक्ता गरी एक÷एक सहकारी छन् भने ८५ वटा कृषि सहकारी रहेका छन् ।

जिल्लामा महिलाले व्यवस्थापन गरेका सहकारी सङ्ख्या २० रहेको छ । निष्क्रिय सहकारीमध्ये अधिकांश कृषि सहकारी रहेको बताइएको छ । गाउँगाउँमा सहकारी, घरघरमा रोजगारीको नाराअनुरुप सहकारी संस्थालाई रु एक लाख अनुदान दिने गरी सरकारले कार्यक्रम ल्याएको समयमा दर्ता भएका र खासै कारोबार नगरेका सहकारी निष्क्रिय रहेको सहकारी अभियन्ता एनार्जन घर्तिमगरले बताए ।

सहकारी संस्थाको छाता सङ्गठनका रुपमा जिल्लामा जिल्ला सहकारी सङ्घ, जिल्ला कृषि सहकारी सङ्घ र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ पनि क्रियाशील रहेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?