+
+

२५ दिनमा नै ट्रम्पका सुरक्षा सल्लाहकारले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते १४:३८

३ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिएका छन् ।

रुससँग कथित सम्पर्कका कारण उनीमाथि राजीनामा दिन दबाव परेको थियो । राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनबारे केही समाचारमा भनिएको थियो कि ट्रम्पले सत्ता सम्हाल्नु अघि नै अमेरिकाका लागि रुसी राजदूतसँग प्रतिबन्धबारे छलफल गरेका थिए । यसलाई विदेश नीति उल्लंघन मानिएको छ ।

फ्लिनले उपराष्ट्रपति माइक पेन्ससँग भनेका थिए कि प्रतिवन्धबारे कुनै छलफल भएको छैन ।

तर, नियुक्ति भएको २५ दिनमा नै उनी यहि विवादका कारण राजीनामा दिन बाध्य भए । यो ट्रम्प प्रशासनका लागि ठूलो झड्का मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?