+
+

एमालेले भन्यो- जसरी पनि जेठभित्र स्थानीय चुनाव

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते १९:२१

३ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी जेठभित्र जसरी पनि स्थानीय तहको चुनाव गराउन माग गरेको छ ।

एमाले स्थायी कमिटीको बैठकले जेठमा स्थानीय र मंसिरमा प्रदेश तथा केन्द्रीय संसदको चुनाव गराउन माग गरेको छ । ‘चुनावको विकल्प छैन । जसरी पनि मंसिरभित्र तीन तहको चुनाव गर्नुपर्छ’ एमाले सचिव योगेश भट्टराईले भने ।

देशको परिस्थितितर्फ जटिलता उन्मुख भएको र संविधान कार्यान्वयन र चुनाव गर्नेतर्फ सरकारले ध्यान नदिँदा विखण्डनवादी शक्तिहरु सलवलाएको भन्दै एमालेले त्यसलाई निरुत्साहित गर्न पनि चुनाव गर्नु पर्ने बताएको छ ।

एमालेले चुनावका लागि राजनीतिक र संवैधानिक वातावरण बनाउन माग गरेको छ । साथै पार्टीले पनि मधेसी मोर्चासहितका सबैसँग छलफल अघि बढाउने निर्णय भएको एमाले सचिव योगेश भट्टराईले बताए ।

एमालेले पछिल्लो पटक मधेसी मोर्चासँग अनौपचारिक सम्वाद पनि गरिरहेको छ ।

एमाले स्थायी कमिटी बैठकले मेची-महाकाली अभियानको अनुमोदन गरेको छ । फागुन २१ देखि सुरु हुने अभियानको झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

साथै भोलि बुधबारदेखि सुरु हुने पोलिटब्यूरो बैठकको एजेण्डा समेत तय गरेको छ । बैठकको एजेण्डाहरुमा अध्यक्षको प्रतिवेदन, समसामयिक राजनीतिक परिस्थिति, मेची महाकाली अभियान र विवाद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?