+
+

चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ३ गते २०:३०

३ फागुन, काठमाडौं । चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण हुने भएको छ । मंगलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व विकास बैकबाट प्राप्त हुने बीस अरब नेपाली रुपैया ऋण सहयोग लिने र त्यसका लागि वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी सरकारले कुमारी, गणेश तथा भैरवको मासिक भत्तामा पचास प्रतिशत वृद्धि गर्ने निर्णय गरेको संञ्चारमन्त्री एवं सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए ।

बैठकले डडेलधुराको सुकुम्बासी बस्तीमा भएका रुखहरुले स्थानीय वस्तीलाई असर पुर्याएको भन्दै बस्ती छेउका १ सय २८ वटा रुख कटान गरी बिक्रि गर्ने र सो रकम राजश्वरमा दाखिला गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?