+
+

अब महिना दिनमा कर्जा निक्षेप अनुपातको तथ्यांक आउँने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १५ गते १६:५८


१५ फागुन, काठमाडौं । राष्ट्र बैंकले अब कुल पुँजी सहितको कर्जा निक्षेप अनुपात (सीसीडी) रेसियोको तथ्यांक बैंक तथा वित्तीय संस्थाबाट लिने भएको छ ।
‘अब हामी महिना दिनमा सीसीडी रेसियोको तथ्यांक बैंकहरुबाट लिदैछौं,’ गभर्नर डा. चिरञ्जीवि नेपालले राष्ट्र बैंकमा भएको एक कार्यक्रममा भने । उनले गलत तरिकाबाट सीमाभन्दा बाहिर गएर लगानी गरेका संस्थालाई कारवाही गर्ने प्रतिबद्धता पनि दोहोर्याए ।

सीसीडी अनुपात ८० हुनुपर्नेमा ४ वटा संस्थाले यो सीमा कटाएकोले राष्ट्र बैंकले हाल यी संस्थाहरुसँग स्पष्टिकरण लिने काम गरेको छ । अनुत्पादक क्षेत्रमा बैंकहरुले लगानी गरिरहेको कुरा राष्ट्र बैंकले नै पहिले सार्वजनिक गरेको दाबी समेत गभर्नर नेपालले गर्न भ्याए ।

उनले अहिले भएको आर्थिक क्षेत्रको गतिविधि बढेको र अर्थतन्त्र मौलाएकोले केही समस्या देखिएको भएपनि यसले आर्थिक वृद्धिलाई नै सहयोग पुग्ने तर्क गरे ।
राष्ट्र बैंकका पुर्व गभर्नर डा. युवराज खतिवडाले भने सीसीडी रेसियोमा एउटा बैंकले गल्ति गर्दा सबै त्यसको भागिदार हुन परेको यसले बैंकिङ क्षेत्रमा ‘आर्बिटाज’ अर्थात् सबैको आधारमा निर्णय लिनुपर्ने अवस्था आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?