नायक अमिताभ बच्चनले सामाजिक संजालमा पोष्ट गरेका स्टाटस र तस्बिरले लाखौ कमेन्ट र लाइक पाएका छन् । यतिमात्र होइन, अमिताभको स्टाटस र तस्बिरले लाखौलाई प्रेरणा पनि दिएको हुन्छ ।
उनै, अमिताभ बच्चनले आफ्नो सम्पूर्ण सम्पती छोरा र छोरीको नाममा राखिदिएका छन् । अमिताभले एकाएक यस्तो काम किन गरे ? कतै सम्पतीका कारण उनको घर झगडा त भएन ?
यस्तो केहि पनि होइन । उनले, आफ्ना छोरा अभिषेक बच्चन र छोरी श्वेताको नाममा सम्पूर्ण सम्पती आधा-आधा बाँडिदिएका हुन् । अभिताभले ट्विटरमा एक तस्बिर शेयर गरेका छन् । जसमा, उनले लेखेको छन्-‘मेरो निधनपछि मेरो सम्पूर्ण सम्पत्तीको हक छोरा र छोरीमा बराबर रहनेछ ।’
बाबुको सम्पत्ती छोरामा मात्र हक लाग्ने प्रथा विश्वका थुप्रै देशमा देखिएको छ । अमिताभले, आफ्नो सम्पत्ती आधा आधा वितरण गरेर एउटा गतिलो सन्देश दिएका छन् ।