+
+

करण जौहरको इच्छापत्रमा शाहरुखका छोराछोरीको नाम !

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २५ गते १२:१३

हालै सरोगेसीमार्फत दुई बच्चाका बाबु बनेका करण जौहर औधि खुशी छन् र बधाई दिनेहरु सबैलाई धन्यवाद दिँदै हिँडिरहेका छन् । उनले संभवत अब केही समयका लागि ब्रेक लिनेछन् र आफ्नो सन्तानलाई समय दिनेछन् ।

तर, यही बीचमा अर्को ठूलो खबर फैलिएको छ, जुन करणको इच्छापत्रको विषयमा छ । बताइएअनुसार आफ्नो इच्छापत्रमा उनले आफूसँग भएको सारा सम्पत्ति आफ्ना दुई बच्चाका अलावा शाहरुख र गौरीका छोराछोरी आर्यन सुहानामा पनि बराबर बाँडिदिएका छन् ।

‘मिड डे’मा प्रकाशित एक रिपोर्टका अनुसार करणले शाहरुखका दुवै छोराछोरीलाई आफ्नै सन्तानजस्ते मान्छन् र भन्ने गर्छन् कि आर्यन उनका पनि छोरा हुन् । करणले एकपटक भनेका पनि थिए कि आर्यन र सुहाना उनको इच्छापत्रमा दुई ‘सुवर्ण जोडी’ जस्तै हुन् र उनीहरुपछि करणको जीन्दगीमा आलिया भट्ट, बरुण धवन र सिद्धार्थ मल्होत्रा पनि आए । उनीहरु सबैलाई करणले आफ्नै सन्तान मान्छन् । जब उनीहरु कुनै म्यागेजिनको कभरमा देखिन्छन्, त्यतिबेला करणले गौरव महसुस गर्छन् ।

हाल करणका छोराछोरी यश र रुहीलाई अस्पतालमा डाक्टरहरुको निगरानीमा राखिएको छ । उनीहरुको जन्म ७ फेबु्रअरीमा मुम्बईको मुम्बईको मसरानी अस्पतालमा भएको थियो । करिब एक महिनादेखि उनीहरु अस्पतालमै छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?