+
+

जिल्ला र नगरतर्फको उपाध्यक्षमा प्रधान समूहका प्रमोद श्रेष्ठको जित

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २९ गते १९:३०

२९ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला तथा नगर समूहतर्फको उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजयी भएका छन् । गोल्छा समूहका दिनेश श्रेष्ठलाई ५ मतले पराजित गर्दै प्रमोद श्रेष्ठ विजयी भएका हुन् ।

उनले ५३ मत पाएका छन् । उनी प्रधान प्यानलबाट उम्मेदवार थिए । श्रेष्ठको जितसँगै उपाध्यक्षमा प्रधान समूहले खाता खोलेको छ ।

जिल्ला तथा नगरको केन्द्रीय सदस्यमा भने गोल्छा समूहको बर्चस्व छ । यसमा १६ जना केन्द्रीय सदस्य गोल्छा प्यानबाट विजयी भएका छन् भने २ जना प्रधान समूहबाट आएका छन् ।

जिल्ला तथा नगरतर्फ उमेश डालमियाले सबैभन्दा बढी  ८९ मत ल्याएका छन् । सुरकृष्ण वैद्य, राजन श्रेष्ठ, मनिषलाल प्रधान, कृष्णप्रसाद शर्मा, कृष्णप्रसाद श्रेष्ठ, दिपक लम्साल, कृष्णप्रसाद श्रेष्ठ, ध्रुवराज श्रेष्ठ भारी, दिलशुन्दर श्रेष्ठ, राजेन्ऽकुमार श्रेष्ठ, निरक केसी, किशोरकुमार आचार्य, सुरेन्द्रप्रसाद श्रेष्ठ,  चन्द्रकान्त अधिकारी र कल्याण जोशीले केन्द्रीय सदस्यमा जित हात पारेका छन् ।

देबकुमार श्रेष्ठ र सुदर्शन कार्कीले समान मत ल्याएकाले एक केन्द्रीय सदस्यमा लागि गोलाप्रथा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?