+
+

अमेरिकी पत्रकारले गरे डिसीमा अन्तरक्रिया

विजय थापा विजय थापा
२०७३ चैत ३० गते ९:०७


१२ अप्रिल, अमेरिका । नेपाल अमेरिका पत्रकार संघले वरिष्ठ पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरेको छ । मे ६ र ७ मा हुने साधारणसभालाई मध्यनजर गर्दै संघले वरिष्ठ पत्रकारलाई आमन्त्रण गरेर अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल वातावरण पत्रकार समूहका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार कृष्णप्रसाद सिग्द्याल, कान्तिपुर राष्ट्रिय दैनिकका संस्थापक सम्पादक योगेश उपाध्याय, नेजाका संस्थापक अध्यक्ष गिरिस पोख्रेल ,नेजाका पूर्व अध्यक्ष कृष्ण शर्मा नेजाका उपाध्यक्ष गुणराज लुइँटेल तथा अन्य संचारकर्मीको उपस्थिति थियो ।

कार्यक्रममा नेजाका उपाध्यक्ष गुणराज लुइँटेलले साधारणसभाबारे जानकारी दिएका थिए ।

उक्त अवसरमा वरिष्ठ पत्रकार सिग्द्यालले आफूले प्रकाशित गरेको पुस्तक नेपालः छिमेक र विश्व पुस्तकबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?