Comments Add Comment

करिनालाई बिहे गर्नुअघि स्वीस मोडलसँग डेटमा थिए सैफ

मुम्बई । करिना कपुरसँग बिहे गर्नु भन्दा पहिला स्वीस मोडलसँग डेटिङमा थिए सैफअलि खान । अमृतासँगको सम्बन्ध विच्छेद हुनुको कारण पनि तिनै स्वीस मोडल रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । इटालीयन मोडल रोजा क्याटलानोसँग सैफ दुई वर्ष लिभइन रिलेशनमा थिए ।

इटालीमा जन्मेकी रोजा स्वीस मोडल हुन् । सन २००७ मा सेफको ब्रेकअप हुनु अघि सेफ रोजासँगै लिभइन रिलेशनमा थिइन् ।

एक अन्तरवार्ताको क्रममा रोजाले भनेकी थिइन् ‘सैफले आफु बिबाहित भएको रोजालाई भनेका थिएनन् । रोजा भारत आएपछि मात्रै सैफ दुई बच्चाको बाबु भएको थाह पाएकी थिइन् ।

रोजाको अनुसार उनीहरुको पहिलो भेट केन्यामा भएको थियो । उनी एक सामाजिक संस्थामा काम गर्थिन् । भेट भएपछि सैफले रोजालाई भारत आउन निम्ता दिएका थिए भने चलचित्र ‘सौर्य’मा रोजाले आइटम डान्स पनि गरेकी थिइन् ।

सन १९९१ मा सैफ र अमृताको विवाह भएको थियो । जतिवेला सैफ २१ वर्षका थिए । सैफका परिवारले उनीहरुको विवाहलाई मन पराएको थिएन । तैपनि उनीहरु १३ वर्ष संगै बसे । उनीहरुको दुई बच्चा पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment