+
+

डोल्पामा जीप दुर्घटना, ४ को मृत्यु, २ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ५ गते १७:५४

५ बैशाख, दुनै । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको भिठ्ठी भन्ने स्थानमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

भिठ्ठीबेसीबाट सदरमुकाम दुनै आउँदै गरेको भे १ च ११५१ नम्बरको जीप मंगलबार दिउँसो १२ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा जीप चालक दैलेख घर भई हाल डोल्पाको कालागौंडा बस्ने अन्दाजी २५ वर्षीय बुद्धसिंह कठायत, डोल्पाको ठूलोभेरी नगरपालिका-९ का अन्दाजी १६ वर्षीय लोकेन्द्र शाही, ठूलोभेरी नगरपालिका-७ की सोनी रोकाय र त्रिपुरासुन्दरी नगरपालिका-४ का ६० वर्षीय धर्मलाल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला सदरमुकाम दुनैमा उपचार भइरहेको छ ।

उकालो बाटोबाट इन्जिन फेल भएर जीप दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?