+
+

नेपालगञ्ज उपमहानगरको मेयरका लागि कांग्रेसमा १२ दाबेदार

आरपी सुवेदी आरपी सुवेदी
२०७४ वैशाख ७ गते १२:४५

७ बैशाख, नेपालगञ्ज । नेपालगञ्ज उप-महानगरपालिकाको मेयरको टिकटका लागि नेपाली कांग्रेसमा १२ जनाले दाबी पेश गरेका छन् । उपमेयरको उम्मेदवारीका लागि ११ जना आकांक्षी देखिएका छन् ।

मेयरका टिकटका लागि १२ जनाले कांग्रेस नगर पार्टी कार्यालयमा निवेदन दिएका हुन् । कांग्रेस बाँकेका जिल्ला कमिटी सदस्य उमा थापामगरका अनुसार नेपालगन्जको मेयरको लागि एक महिला सहित १२ जनाले र उप मेयरको लागि एक पुरुषसहित १० जनाले नगर पार्टी कार्यालयमा लिखित निवेदन दिएका छन् ।

नेपालगञ्जको मेयरका लागि सञ्चार उद्यमी लक्ष्मी नारायण शाह, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया, जिल्ला कोषाध्यक्ष निजामुद्दिन सिद्दिकी, पूर्वसचिव निरञ्जन सिंह सिंजापति, पूर्वकोषाध्यक्ष अच्युत प्रसाईले निवेदन दिएका छन् ।

यसैगरी युवा नेता तथा नेपालगन्ज नगर पार्टी सभापति प्रशान्त बिष्ट, ओलम्पियन तथा पूर्वउप-मेयर सुरेन्द्र हमाल, सुदिप नरसिंह राणा, श्रीमती आशासिंह राठौर, राजु थापा, क्षेत्रीय सभापति रमेश गुप्ता र मो. कदिर जोलाहले मेयरमा उम्मेदवारको लागि निवेदन दिएका छन् ।

‘पार्टीले आकांक्षीहरुको निवेदन संकलन गरेकोमा म लगायत १२ जना साथीले ईच्छा जाहेर गरेका छौं । जित्न सक्ने र पार्टीको एजेण्डा बोकेर नेपालगन्जको विकासमा होमिने युवा नेतृत्वलाई जिम्मेवारी दिने कुरामा आफु ढुक्क छु’-मेयरका प्रत्यासी समेत रहेका शाहले भने ।

नेपालगन्ज उप-महानगरपालिकाको लागि एक पुरुष र १० महिलाले निवेदन दिएका छन् । निवेदन दिनेहरुमा उमा थापामगर, पार्टी सभापति किरण कोइरालाकी छोरी दिक्षा कोइराला, नेपाल महिला संघ बाँकेकी अध्यक्ष नारायणी रुपाखेती, भारती जोशी, ऋचा द्विवेदी, रत्ना राणा, कमला भट्ट, माया पुनमगर र फैयाद अलि अन्सारी रहेका छन् ।

‘पार्टीले लोकतान्त्रिक परिपाटी अबलम्बन गर्दै लोकप्रियता र जित्न सक्ने उपयुक्त उम्मेदवारलाई टिकट दिनेमा आफु ढुक्क छु’-थापामगरले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?