+
+

एमालेले तयार पार्‍यो घोषणापत्र, वृद्धभत्ता ५ हजार पुर्‍याउने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १६ गते ६:३६

१६ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि दलहरुले घोषणापत्र सार्वजनिक गरिरहेका बेला नेकपा एमालेले पनि आफ्नो घोषणापत्र तयार पारेको छ ।

घोषणापत्रमा एमालेले वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको सचिव योगेश भट्टराईले बताए ।

०५१ मा एमाले नेतृत्वको सरकारले वृद्धहरुको सम्मानका लागि भत्ता सुरु गरेको उल्लेख गर्दै भत्ता कम्तीमा पाँच हजार पुर्याउने उल्लेख छ ।

प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्याएर दक्षिण एसियामै अगाडि आउने महत्त्वाकांक्षी योजना घोषणापत्रमा छ । नयाँ पत्रिका दैनिकले खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?