+
+

मर्जबाटै पुँजी पुग्ने भन्दै हकप्रद रद्द गर्ने तयारीमा जनता बैंक

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २७ गते १२:४९


२७ बैशाख, काठमाडौं । सिद्धार्थ डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रियामा जान बिशेष साधारण सभा डाँकेको जनता बैंकले हकप्रद सेयरको प्रस्ताव उल्टाउने निर्णय गरेको छ ।

बैंकले जेठ १३ गते डाँकेको विशेष साधारण सभामा हकप्रद दिने पुरानो प्रस्ताव खारेज गर्ने गरि नयाँ प्रस्ताव लैजादैछ । बैंकले सिद्धार्थसँग मर्जर अगाडी ६० प्रतिशत हकप्रद दिएर पुँजी ७ अर्ब ५५ करोड पुर्याउने योजना बनाएको थियो । तर, सिद्धार्थ बैंकले पनि हालै १० बराबर ६ प्रतिशत हकप्रद जारी गरिरहेको छ ।

सिद्धार्थबाटै जनता बैंकले २ अर्ब २७ करोड पुँजी पाउने छ । बिशेष साधारण सभाले पारित गरेमा हकप्रद प्रस्ताव खारेज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?