+
+

कंगोमा झडप, दुई नेपाली सैनिक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ४ गते १९:४९

४ असार, काठमाडौं । अफि्रकी मुलुक कंगोमा सशस्त्र विद्रोहीले गरेको आक्रमणमा परी दुई नेपाली सैनिक घाइते भएका छन् । विद्रोहीतर्फ ५ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्र संघअन्तर्गत मोनुस्को मिसन कंगोमा कार्यरत नेपाली सेनाको समशेर दल गण, शान्ति सेना २३ औं डफ्फाको सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह माई माईद्वारा आक्रमण भएको नेपाली सेनाले जनाएको छ ।

उक्त घटनामा विद्रोहीबाट एके-४७ राईफल २ थान र सोको एम्युनिशन ५० राउण्ड बरामद गरी कंगोको राष्ट्रिय सेनालाई बुझाइएको छ । जंगी अड्डाले जनाएको छ ।

गणबाट करिब २२ कि.मी. टाढा कवास भन्ने स्थानमा भएको झडपमा घाइते भएका नेपाली सैनिकको अवस्था सामान्य रहेको जंगी अड्डाबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

घाइते सैनिकहरुको उपचार कंगोको गोमास्थित युएनको लेवल ३ अस्पतालमा भइरहेको विज्ञप्तिमा उल्ल्ेख छ ।

भिडन्त भएको उक्त स्थानको स्थिति शान्ति सेनाको नियन्त्रणमा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?